२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस बैठक जारीः नेविसंघको विवाद आजै टुंगिने

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद टुंगो लगाउनेबारे छलफल सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कार्यसमिति म्याद हदको विवादले नेविसंघको महाधिवेशन हुन सकेको छैन्। महाधिवेशन नहुँदा नेविसंघ दुई धुव्रमा विभाजित भएको छ भने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समेत अनिश्चित बनेको छ। 

नेविसंघको विषयमा पार्टीभित्र संस्थापन समूह कार्यसमितिको म्याद थपेर महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने रामचन्द्र पौडेल समूह पटक पटक म्याद थप्दा पनि वर्तमान कार्यसमितिले महाधिवेशन गर्न नसकेको भन्दै तदर्थ समिति बनाएर महाधिवेशन गर्नुपर्ने अडानमा छ। 

यो विवादका बीच बसेको बैठकले विधान संशोधन गरेर फेरि म्याद थप्ने वा तदर्थ समिति बनाएर अघि बढ्ने भन्ने टुंगो लगाउनेछ। ‘केन्द्रीय समितिले आवश्यकता ठहर ग-यो भने विधानमा उल्लेखित ५ महिनालाई धारा २९ संशोधन गरेर ७ वा ९ महिना बनाउँछ। नभए स्वतः विघटन हुन्छ’, प्रवक्ता शर्माले भने।  

बैठकमा सरकारविरुद्ध कांग्रेसले देशभर गरेको प्रदर्शनको समीक्षा, सत्य निरुपण आयोगको म्याद सकिँदै गर्दा संक्रमणकालिका न्याय टुंग्याउनुपर्ने, भेनेजुएलाको विषयमा छलफल हुने उनले जानकारी दिए। 

प्रकाशित: २३ माघ २०७५ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App