१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निरौलाद्वारा पदभार ग्रहण

काठमाडौं – सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा नृपध्वज निरौलाले मंगलबार पदभार ग्रहण गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्चको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने न्याय सेवा आयोगको सिफारिस अनुमोदन गरेपछि निरौलाले मंगलबार पदभार ग्रहण गरेका हुन्।

यसअघि निरौला न्याय परिषद्को सचिव थिए। न्याय सेवा आयोगले वरिष्ठता, कार्यकुशलता, दक्षताका आधारमा निरौलालाई मुख्य रजिष्ट्रारमा बढुवाका लागि सिफारिस गरेको थियो। २०५२ सालमा न्यायसेवा आयोगको शाखा अधिकृतबाट सेवा सुरु गरेका निरौला २०६० सालमा सर्वोच्चको उपरजिष्ट्रार भएका थिए।

त्यसैगरी सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको सर्वोच्च अदालतको रजिष्ट्रारमा लालबहादुर कुँवरलाई बढुवा गरेको छ। न्याय सेवा आयोगले वरिष्ठता र कार्यकुशलताका आधारमा बढुवाको सिफारिस गरेको थियो। अनुमोदनपछि मंगलबार कुँवरले पनि पदभार ग्रहण गरेका छन्।

प्रकाशित: १६ माघ २०७५ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App