१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चिकित्सा विधेयक डा.केसीसँगको सहमति अनुसार पास गर : नागरिक अगुवा

काठमाडौं- नागरिक अगुवाहरुले डा. गोविन्द केसीको सत्याग्रह प्रति आफुहरुको ध्यानाकर्षण भएको बताएका छन्। अगुवाहरुले एक विज्ञप्ति जारी गर्दै राज्यको इमान र विश्वसनीयता समाजका लागि संवेदनशील र महत्वपूर्ण कुरा भएको बताएका छन्।

यसरी विज्ञप्ति जारी गर्नेमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, दमननाथ ढुंगाना, भैरब रिसाल, केदार भक्त माथेमा, प्रा डा ध्रुव चन्द्र गौतम, प्रा डा अभि सुवेदी, प्रा डा जय राज आचार्य लगायत २० जना रहेका छन्।

उनीहरुले नेपाल सरकारले यसअिघ डा. केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकार तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको जिम्मेवारी भएको बताएका छन्। पछिल्लो सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीजीको पहल र संलग्नतामा उनकै निवासमा भएका वार्तापछि सम्भव भएको बताउँदै यो सम्झौताप्रति प्रधानमन्त्रीको व्यक्तिगत जिम्मेवारी पनि जोडिएको स्मरण गराएका छन्।

हाल संसदीय प्रक्रियामा रहेको चिकित्सा शिक्षा विधेयकलाई डा. केसीसँगको पछिल्लो सम्झौताबमोजिम पारित गर्न र डा. केसीको जीवन रक्षा गर्न सरकार तथा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई अपिल उनीहरुले गरेका छन्। सत्तारुढ दलको संसदीय नेता समेत भएको नाताले प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि आफ्नो निर्देशन बमोजिम डा.केसीसंग भएका सहमति र संझौताका पक्षमा आवश्यक संसदीय सहमति निर्माणमा पनि विशेष ध्यान दिन आग्रह गरेका छन्।

प्रकाशित: १ माघ २०७५ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App