४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री भन्छन् : ‘यदि ट्रम्प र किम वार्तामा बस्न सक्छन् भने सार्क मुलुक किन सक्दैनन् ?’

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को अवरुद्ध शिखर सम्मेलन चांडै आयोजना हुनुपर्ने बताएका छन्।

शुक्रवार विहान नयाँ दिल्लीमा भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले घुमाउरो पाराले भारत र  पाकिस्तानबीचको असमझदारीका कारण सार्क शिखर सम्मेलन आयोजनामा ढिलाई भइरहेको बताए। नेपाल सदैव अर्थपूर्ण र बृहत्तर क्षेत्रीय सहकार्यको पक्षमा रहेको भन्दै उनले सार्क सदस्य मुलुकहरु वार्तामा वसेर समस्या समाधानको निकाल्नुको बिकल्प नभएको वताए। मन्त्री ज्ञवालीले भने ‘यदि ट्रम्प र किम जोङ् उन वार्तामा बस्न सक्छन् भने सार्क मुलुक किन सक्दैनन्?’

नेपाल भारत प्रबुद्द समूहले तयार पारेको प्रतिवेदन भारतले स्वीकार गर्न नमानिरहेको तर्फ लक्ष्यित गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने ‘ईपिजी विवेकपूर्ण ढंगबाट गठित मञ्च हो। २१ औं सताब्दि अनुकुल द्विपक्षिय संबन्धको समीक्षा गर्ने अभिप्रायले गठन भएको इपिजीले तयार गरेको प्रतिवेदन चांडै नै उहाँहरुले (भारतले) बुझ्नुहुन्छ र कार्यान्वयनमा जान्छ भन्ने मलाई लाग्छ।’

परराष्ट्रमन्त्री ज्ञवालीले भारतले प्रतिवन्ध लगाएका ५०० र १००० दरका ७ करोड भन्दा बढी भारतीय नोटहरु नेपालको बैंकिङ् प्रणलीमा रहेको बताउँदै ती नोटहरु चाँडै भारतले साट्ने अपेक्षा गरेको बताए।

मन्त्री ज्ञवाली ‘रायसिना डाइलग २०१९’ मा मुख्य वक्ताको रुपमा सहभागि हुन बिहीवार विहान नयाँदिल्ली पुगेका थिए। कार्यक्रममा सहभागि हुनुपूर्व मन्त्री ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटघाट गरेका थिए। भेटघाटका क्रममा दुई समकक्षीबीच नेपाल भारत सम्बन्धका बहुयामिक विषय, धेरै दृष्टिकोणबाट कुराकानी भएको थियो।

दुई मन्त्री यही फेब्रुअरी महिनामा नेपाल भारत संयुक्त आयोगको बैठक काठमाडौमा आयोजन गर्ने बिषयमा छलफल भएको स्रोतले जनाएको छ। प्रतिनिधीमण्डलस्तरीय बैठकपछि ज्ञवाली र स्वराजबीच एकल भेटवार्ता समेत भएको थियो। भेटमा ज्ञवालीले इपिजि प्रतिवेदन चाँडै बुझ्न आग्रह गरेका थिए।

 

प्रकाशित: २७ पुस २०७५ ०८:१९ शुक्रबार

प्रदीप_ज्ञवाली भारत सार्क