७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

न्यायालयको गरिमा राख्न अप्रिय निर्णय लिए : प्रधानन्यायाधीश

काठमाडाैं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको बताएका छन्। 

नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीसहितको समूहसँग शुक्रवार भएको भेटमा उनले आफूले न्यायपालिकाको गरिमाका लागि नचाहेर पनि सो अप्रिय निर्णय लिनुपरेको बताए। प्रधानन्यायाधीश राणाले आफू देश र जनतालाई न्याय दिन नै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा आएको र न्यायालय र देशलाई हित भएमा आफू पर्दै छोड्न तयार रहेको स्पष्ट पारे। 

बारका अध्यक्ष केसीले जोशीलाई संवैधानिक इजलासबाट फिर्ता बेलाउने र मुद्दामा पेशी नतोक्ने विषयमा चासो व्यक्त गर्दै सहमति र सौर्हादपूर्ण वातावरणमा निकास खोज्नुपर्ने कुरा राखेका थिए। सो जिज्ञासमा प्रधानन्यायाधीश राणाले आफूले सहमतिमा काम गर्न खोज्दा जोशी नमान्नु भएकाले सो कदम उठाउन बाध्य भएको र आफूले न्यायालयको छवि माथि उठाउन सो निर्णय गरेको स्पष्ट पार्नुभयो । 

न्याय परिषद्को बिहीबारको बैठकले संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश जोशीको स्थानमा न्यायाधीश दीपककुमार कार्कीलाई तोकेको थियो । प्रधानन्यायाधीश राणाले पदबहालीकै क्रममा आफूले न्यायालयको गरिमामा उच्च बनाउन आफूले जोशीलाई मुद्दामा पेशी नतोक्ने घोषणा गर्नुभएको थियो । 

प्रकाशित: २० पुस २०७५ १५:४३ शुक्रबार

चोलेन्द्रशम्शेर_जबरा प्रधानन्यायाधीश