१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रेशम चौधरीको सपथ सारियो

काठमाडौं– टीकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीको सपथ आज दिउसो  ३ वजेका लागि सारिएको छ। 

चौधरीलाई सभामुख कृष्णबहादुर महराले आज साढे ११ बजे पद तथा गोपनीयताको सपथ खुवाउन तय गरिएको  थियो। प्रतिनिधि सभाको बैठकसँग समय जुधेकाले सपथ कार्यक्रम ३ बजेका लागि सारिएको प्रतिनिधि सभाका सचिब गोपालनाथ योगीले जानकारी दिए।

आजको संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारका कामकारबाही बारे सम्बोधन गर्ने कार्यसूचि तय गरिएको छ। यसकै कारण सभामुखले सपथ समय सारेका हुन्। 

चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। राष्ट्रिय जनता पार्टी(राजपा) बाट विजयी चौधरीले३४ हजार ३४१ ल्याई विजयी भएका थिए। सत्ता समर्थक दल राजपाले चौधरीको सपथका लागि सरकारलाई दबाव दिँदै आएको छ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारु आन्दोलनमा चौधरीले अगुवाइ गरेको आरोप लागेको थियो। उक्त घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो। घटनापछि चौधरी भारतमा लुक्दै बसेका थिए। उनी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्। 

प्रकाशित: १९ पुस २०७५ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App