काठमाडाैँ - टीकापुर घटनाका मुख्य अभियुक्त रहेकाे अाराेपमा हाल डिल्लीबजार कारागारमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित सांसद रेशम चौधरीले बिहीबार (अाज) पद तथा गोपनियताको शपथ ग्रहण लिदैछन्।
कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरीको बिहान साढे ११ बजे पद तथा गोपनियतको शपथ ग्रहण कार्यक्रम रहेको बताइएको छ।
चौधरीको शपथ ग्रहण कार्यक्रम सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा हुने महराका प्रेस सल्लाहाकार डिल्ली मल्लले बताए। प्रहरीको फरार सूचीमा रहेका उनले वारेसनामामार्फत उम्मेदवारी दिएर चुनाब लडेका थिए।
प्रकाशित: १९ पुस २०७५ ०५:०१ बिहीबार