१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टीको बैठकहरु १५ मिनेटभन्दा ढिला हुनुहुन्न : प्रवक्ता श्रेष्ठ

धादिङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहिष्कारको बचाउ गरेका छन्। सचिवालय बैठक बहिष्कार गरेर चर्चामा आएका प्रवक्ता श्रेष्ठले धादिङबेसीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बैठक बहिष्कार नभई ढिला भएकाले बाहिरिएको बताए। 

बैठक बोलाएर निर्धारित समयमा सुरु नभएपछि नेताहरु बैठक स्थलबाट बाहिरिएको श्रेष्ठले बताए। ‘पार्टीका दुई अध्यक्ष र महासचिव अन्य काममा व्यस्त थिए’, श्रेष्ठले भने, ‘बैठक बस्न ढिला हुने खबर आएपछि निर्धारित समय भन्दा १५ मिनेटपछि बैठक स्थलबाट बाहिरिएका हौं।’ ‘समृद्ध नेपाल, सुखी नेपाली’ को कार्यभार पूरा गर्न पार्टीको बैठकहरु निर्धारित समयमा सुरु गर्ने, विशेष काम पर्दा १५ मिनेटसम्म कुर्ने र त्यसपछि पनि कुर्नुपर्ने भएमा पार्टी अध्यक्ष वा महासचिवले जानकारी दिनुपर्ने पूर्वसहमति भएका थिए। त्यहि अनुसार बैठक सुरु गर्ने भनिएको समयभन्दा १५ मिनेट कुरिसक्दा पनि पार्टी अध्यक्ष र महासचिव दुवै जना नआएपछि आफूहरु बाहिरिएको प्रवक्ता श्रेष्ठले बताए। 

पत्रकारहरुलाई प्रतिक्रिया दिदै प्रबक्ता श्रेष्ठले पार्टीको एकीकरण प्रक्रिया अब छिट्टै टुंगोमा लाग्ने बताए। जिल्ला तहदेखि जनवर्गीय संगठनहरुको एकता र नेत्तृत्व चयनका बिषयमा टुंगो लगाएर पार्टीको गतिविधिलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। विभिन्न आन्दोलनबाट प्राप्त भएका राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माण गर्नु वर्तमान सरकारको पहिलो प्राथामिकता रहेको पनि श्रेष्ठले बताए। राजनीतिक परिवर्तनलाई साधन बनाएर नेपाली समाजलाई आर्थिक उन्नति तर्फ लम्काउने प्रवक्ता श्रेष्ठको भनाई छ।  

प्रकाशित: २४ मंसिर २०७५ १६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App