६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राजदूत लक्की शेर्पामाथि छानविन गर्न काँग्रेसको माग

काठमाडौं – मानव तस्करीमा संलग्न रहेको आरोप लागेका अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे छानविन गर्न नेपाली काँग्रेसले सरकार समक्ष माग गरेको छ।

काँग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ती जारी गर्दै राजदूत शेर्पाका गतिवधिबारे एक सातादेखि प्रश्न उठे पनि सरकारले आवश्यक अनुसन्धान नथाल्नु दुखद रहेको जनाएको छ। सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी बोकेका राजदूतका बारेमा उठेको प्रश्न उपर आवश्यक छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्नसमेत काँग्रेस सरकारको ध्यानाकर्षण गराएको छ।

 

प्रकाशित: १९ मंसिर २०७५ ०७:४७ बुधबार

मानव_तस्करी राजदूत_लक्की_शेर्पा