१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अन्धविश्वासले अपराध बढायो : प्रदेश प्रहरी प्रमुख शाह

रुकुम– कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले प्रदेशमा  अपराधका घटनाहरु निकै कम हुने गरेको बताएका छन्। शुक्रबार रुकुम (पश्चिम)मा भएको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै उनले देशका अन्य प्रदेशको तुलनामा यहाँ अपराधका घटना कम रहेको बताए। यो प्रदेशमा सबैभन्दा बढी बालविवाह, बहुविवाह, अवैध लागुऔषध कारोबारी, चोरी, लुटपाट र मदिरा सेवनबाट घरेलु हिंसा हुने गरेको उनको भनाई थियो।

कर्णाली प्रदेशमा भौगोलिक विकट्ताका साथै सामाजिक संस्कार, अन्धविश्वास, कुरिति र परम्पराका कारण अपराधिक समस्यालाई सिर्जित हुने गरेका उनको भनाई छ। नेपालको कानुनले अपराध मानेका घटनालाई पनि समाजले नै संस्कृतिको रुपमा स्वीकार गर्दा नियन्त्रणमा प्रहरीलाई चुनौती रहेको उनले बताए।
‘बालविवाह, बहुविवाह जस्ता घटनालाई यहाँका कतिपय ठाउँमा अझै सामाजिक संस्कृतिको रुपमा स्वीकार गर्ने गरिएको छ’, प्रदेश प्रहरी प्रमुख शाहले भने, ‘यी घटनाहरुलाई न्यूनिकरण गर्नको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत सचेतनाको आवश्यक छ।’ अपराधलाई न्यूनिकरण गर्नको  लागि राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज सबैको सहयोग आवश्यक रहेको उनको भनाई थियो।

प्रत्येक जिल्लामा शान्ति सुरक्षाको अवस्था, नागरिकले पाइरहेको समस्या, प्रहरीप्रति नागरिकको बुझाईको बारेमा जानकारी लिनको लागि आफूले सबै जिल्लामा पुगरे नागरिक सुनुवाई कार्यक्रम सुरु गरेको उनले जनाए। जिल्लामा पुग्दा शान्ति सुरक्षा, अपराध, समस्याको सिंगो अवस्थाको चित्रण देख्न पाइने समेत डिआईजी शाहको भनाई छ। यसले अपराध नियन्त्रण गर्नको लागि थप सहज उनको विश्वास थियो।

अपराध समाजबाटै उत्पन्न हुने भएकाले यसलाई न्यूनिकरण गर्न पनि समाज नै सक्रिय हुने पर्नेमा उनको जोड थियो। अपराध मुक्त समाज निर्माण गर्नको लागि प्रहरीले अब टोल टोलमा आधारभुत सुरक्षा तालिम समेत सञ्चालन गर्ने तयारी गरेको शाहले जानकारी दिए। समाजमा हुने घटनाको अनुसन्धानमा प्रहरी ८० प्रतिशत सफल भएको उनले जानकारी दिए। ८० प्रतिशत मुद्दामा प्रहरी सफल भएर दोषीले सजाय पाएको र बाँकी २० प्रतिशत मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाई थियो। 

प्रकाशित: ३० कार्तिक २०७५ १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App