१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेश : तेस्रो पटक संसद बैठक स्थगित

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठक लगातार तेस्रो पटक सूचना टाँस गरेर स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रातो किताबका साथै मन्त्री र सांसदहरुको सेवा सुविधा सम्वन्धी विधेयक संसदमा दर्ता गराउनुपर्ने माग गर्दै असोज २३ गते संसद बैठक अवरुद्ध गरेपछि त्यसयताका तीन वटा बैठक संसद सचिवालयले सूचना टाँस गरेर स्थगित गरेको हो।

प्रतिपक्षीको माग सम्बोधन नभएकाले संसद बैठक स्थगित गर्नुपरेको सचिवालय स्रोतले जनाएको छ। संसदको अर्को बैठक मंगलबार दिउँसो एक बजेका लागि आह्वान गरिएको छ।

प्रकाशित: ११ कार्तिक २०७५ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App