काठमाडौं– चीन नेपालसँगकाे शैन्य सम्बन्ध थप विस्तार गर्न अग्रसर देखिएकाे छ। चीनले नेपालमा मानवीय सहयोग तथा प्रकोप उद्दार उपकरणका लागि नेपाली सेनालाई २ अर्ब ५३ करोड रुपैयाँबरावरको सहयोग उपलब्ध गराउने भएको छ।
साताव्यापी चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल र उनका समकक्षी चिनिया रक्षा मन्त्री वि फेंगीबीच आज एक सहमति पत्रमा हस्ताक्षर भएको छ।
फेंगी संगको भेटामा पोखरले नेपाल र चीनबीच सम्बन्ध प्रगाढ रहेको औल्याउँदै सैन्य क्षेत्रमा आपसी सहयोग विस्तार गर्दै लानुपर्ने धारणा राखेका थिए। उनले नेपालमा शैन्य विश्वविद्यालय स्थापना गर्न चीन सरकारलाई सहयोगका लागि आग्रहसमेत गरेका थिए।
द्वीपक्षीय हितका विषयमा भएको छलफलमा चिनिया रक्षामन्त्री फेंगीले नेपालको एक चीन नीतिको प्रशंसा गर्दै तिब्बत मुद्दामाा नेपालको भूमिको प्रशंसा गरेको चीनस्थित नेपाली दूतावासले जनाएको छ।
भेटका क्रममा रक्षामन्त्री पोखरेलले थिए। पोखरलले गत जुनमा सम्पन्न प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणले नेपाल चीन सम्बन्ध थप उचाइमा पुगको धारणा राखेका थिए। त्यस्तै द्विदेशीय शैन्य संवन्ध विस्तारमा चीन तत्पर रहेको समेत फेंगीले बताएका थिए।
रक्षा मन्त्री पोख्रेलले प्रस्ताव गरेका क्षेत्रमा सहयोग गर्न चीन तत्पर रहेको भन्दै फेंगीले ती विषयमा द्वीपक्षीय छलफल अगाडि बढाउनुपर्ने बताएका थिए।
प्रकाशित: १० कार्तिक २०७५ ०७:३२ शनिबार