११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

माग पुरा नभए सरकारबाट बाहिरिने राजपाकाे चेतावनी

फाइल तस्बिर

काठमाडाैं - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। सरकारमा जानुअघि भएका सहमतिहरु कार्यान्वयन हालसम्म नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको हो। प्रधानमन्त्रीले सार्वजनिक रुपमै संविधान संशाेधनको प्रक्रिया अघि बढाउने तथा मधेश–थरुहट आन्दोलनसँग सम्बन्धित मुद्दाहरुको समाधान गर्ने प्रतिवद्धता जनाएकोले आफुले सरकारलाई समर्थन गरेको राजपाले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।

दुई तिहाइबाट गठन भएको सरकारले आफुलाई शक्तिशाली भनेपनि वर्तमान सरकार हरेक क्षेत्रमा असफल बन्दै गएको राजपाको ठहर छ। प्रधानमन्त्रीको 'समृद्ध नेपाल सुखी नेपाली' नारा नारामै मात्र सिमित बनेको भन्दै राजपाले सांसद रेशम चौधरीको सपथ, आन्दोलनकारीमाथिका झुठा मुद्दा फिर्ता तथा संविधान संशाेधनको माग पुरा नभए सरकारबाट वाहिरने र पुनः संघर्षको बाटो रोज्ने चेतावनी दिएको छ।

 

प्रकाशित: २२ आश्विन २०७५ १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App