२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नवनियुक्त प्रधानन्यायाधीश मिश्रले लिए सपथ

नव नियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्र । तस्विर : रासस

काठमाडाैं - नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा मिश्रले साेमवारदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा सपथ ग्रहण गरेका हुन्। कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेकाे थियाे। संवैधानिक परिषदकाे सिफारिसमा मिश्रको नाम आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।

प्रकाशित: २५ भाद्र २०७५ १२:४२ सोमबार

ओमप्रकाश_मिश्र प्रधानन्यायाधीश