५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश तीन मन्त्रीपरिषद् बैठकले गर्याे ६ निर्णय

मकवानपुर - तीन नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठकले ६ निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेश निजामति सेवा पुरस्कार सम्बन्धी कार्यविधि स्वीकृत गर्ने, सामाजिक विकास मन्त्रालयको मातहतमा रहने कार्यालयको स्थापना गर्न स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै प्रदेश खेलकुदको विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रको सैद्धान्तिक स्वीकृत गर्ने निर्णय गरिएकाे प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए।

बैठकले सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रको सैद्धान्तिक स्वीकृत गर्ने, युवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारण पत्रको सैद्धान्तिक स्वीकृत गर्ने र प्रादेशिक शिक्षा परिषद्को स्थापना गर्न बनेको विधेयकको अवधारणा पत्रको सैद्धान्तिक स्वीकृत गर्ने समेत निर्णय मन्त्रीपरिषद् बैठकले गरेको मन्त्री ढुंगेलले जानकारी दिए।

प्रकाशित: १८ भाद्र २०७५ १५:१२ सोमबार

तीन_नम्बर_प्रदेश मन्त्रीपरिषद् बैठक