१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारले हटाएकी टेलिकमकी प्रवन्ध निर्देशक पुगिन् सर्वोच्च

काठमाडौं- सरकारले पदबाट हटाएकी नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्। उनले पुनर्वहालीको माग गर्दै भदौ १ गते सर्वोच्चमा रिट दायर गरेकि थिइन्। 

प्रतिस्पर्धाबाट निश्चित समयका लागि आफु नियुक्त भएको भन्दै राजभण्डारीले पुनर्वहानीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन्।

उनले रिटमा अन्तरिम आदेश जारी गर्दै सरकारको निर्णय बदर गर्न माग गरेकी छिन्। सरकारले गलत मनसायका साथ आफुलाई हटाएको उनको आरोप छ। उनलाई मंगलबारको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो। उक्त मुद्दाको पेशी आइतबार न्यायाधीश चोलेन्द्र शम्सेर राणाको इजलासमा तोकिएको छ।

राजभण्डारी २०७३ असोजमा खुला प्रतिस्पर्धाबाट तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन्।  त्यस समय सुरेन्द्रबहादुर कार्की सञ्चारमन्त्री थिए।

 

प्रकाशित: ३ भाद्र २०७५ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App