२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपालका लागि रुसी राजदूतको निधन

नेपालका लागि रुसी महासंघका राजदूत आन्द्रेइ सर्गीभिच बुड्निक।

काठमाडौं– नेपालका लागि रुसी महासंघका राजदूत आन्द्रेइ सर्गीभिच बुद्‌निकको निधन भएको छ। विदा मनाउन मस्को गएका बेला हृदयघातका कारण उनको गएको शुक्रवार निधन भएको हो। उनी ६५ वर्षका थिए।राजदूत बुद्‌निक गत जुलाई ७ तारिखदेखि रुसमा थिए।

कुटनीतिक कर्मचारीको विभिन्न पदमा रहेर नयाँ दिल्लीस्थित दुतावासमा लामो समय काम गरेका बुद्‌निक सन् २०१६ को फेब्रुअरीदेखि नेपालको राजदूत नियुक्त भएका थिए। उनले सन् २००९ देखि २०१३ सम्म पाकिस्तानको राजदूतको कार्यभार सम्हालेका थिए।  

नेपालको परराष्ट्र मन्त्रालयले ट्वीटरमार्फत एक सन्देश दिंदै रुसी महासंघका राजदूतको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। सन्देशमा रुस सरकार र राजदूतका परिवारजन प्रति समवेदन एवं सहानुभूति व्यक्त गरिएको छ।

रुसले आफ्ना राजदूतको निधन भएको खवर नेपाल सरकारलाई दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। राजदूतको निधनमा काठमाडौंस्थित रुसको दूतावासमा मंगलवार र बुधवार शोकपुस्तिका राखिने भएको छ।

प्रकाशित: २७ श्रावण २०७५ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App