१६ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं – रामप्रसाद राई स्मृति प्रतिष्ठानको प्रतिनिधि मण्डलले २००७ सालको जनक्रान्तिका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको प्रतिनिधि मण्डलले राईलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रधानमन्त्री समक्ष माग गरेको हो। प्रतिष्ठानका अध्यक्ष तारादेवी राई र रामप्रसाद राई फाउण्डेशनका अध्यक्ष शुष्मा राईले संयुक्त रुपमा बुझाएको प्रस्तावमा राईलाई राष्ट्रिय विभूति घोषणा गर्न सम्बन्धित निकायमा निर्देशन दिन प्रधानमन्त्री समक्ष अनुरोध गरिएको छ। 

प्रतिनिधि मण्डलसँगको भेटमा ओलीले यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र छलफल अघि बढाएर उपयुक्त निर्णय लिने बताए। ‘तपाईहरूले बडो महत्वको विषय उठाउनु भएको छ, रामप्रसाद राई को हुनुहुन्छ मलाई राम्रोसँग जानकारी छ’ ओलीले भने, ‘यस विषयमा छलफल अघि बढाएर उपयुक्त निर्णय लिइनेछ।’ 

 

प्रकाशित: २६ श्रावण २०७५ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App