११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेविसंघ सभापति र महामन्त्रीबीच आरोप–प्रत्यारोप

काठमाडौं– नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले आरोप–प्रत्यारोपमा उत्रेका छन्। 

बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको दाबी गर्दा महामन्त्री काफ्लेले सभापतिले संठगनलाई चलायमान बनाउन नसकेको आरोप लगाए। 

सभापति महरले सुरुमै संगठनको विधानअनुसार काम गर्न कुन्द काफ्ले नेतृत्वको समूहलाई आग्रह गरे। उनले भने, ‘नेपाल विद्यार्थी संघको नेतृत्व बहुमतमा छ कि छैन् भनेर जानकारी गराउने माध्यम भनेको केन्द्रीय समितिको बैठक नै हो, केन्द्रीय समितिको बैठक नबसी मनलाग्दी तरिकाले कुरा गरेर हुँदैन, पार्टीको गुटबन्दीमा परेर नेविसंघ भत्केको हो।’

सभापति महरले संगठनको विधि अनुसार तोकिएकै मिति साउन २३ गते महाधिवेशन सम्पन्न गर्न आफू लागिरहेको सुनाए। यद्यपी तोकिएकै मितिमा सम्पन्न गर्न नसके तीन महिनापछि महाधिवेशन गर्ने उनको भनाई छ। 

त्यस्तै उनले नेविसंघलाई अन्तर्राष्ट्रियकरण गरेको जानकारी गराउँदै राष्ट्रियताको पक्षमा र समाजिक मुद्दाहरुको बारेमा पहिलो आवाज बोल्ने संगठन भएको दाबी गरे। 

महर बोलिसकेपछि नेविसंघका महामन्त्री काफ्लेले संघको नेतृत्वले संगठनलाई उचित रुपमा व्यबस्थापन गर्न नसकेको आरोप लगाए। 
महामन्त्रीले काफलेले भने, ‘नेतृत्व अल्पमतमा छ, संगठनको विधि÷विधान अनुसार चलेको छैन्, संघको १२ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भनेर हामीले पहिले नै मिति घोषणा गरेका छौं, पार्टीको निर्देशनलाई मध्येनजर गर्दै हामी अघि बढ्ने छौं।’

यद्यपी केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको भनेसभापति र महामन्त्री  एकै ठाउँमा उभिएर खरो विरोध गरे। नेपालको स्वास्थ्य र शिक्षालाई सरकारीकरणभन्दा सामुदायीककरण गर्न उनीहरुले माग गरे। 

प्रकाशित: ९ श्रावण २०७५ ११:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App