७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छः प्रधानमन्त्री ओली

पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन्। 

निर्माणाधीन विमानस्थलको धावनमार्गको बिहीबार निरीक्षण गर्दै उनले निर्माणको काम सन्तोषजनक ढंगमा अघि बढिरहेको बताए। 

सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराइने वचनबद्धता प्रकट गरे। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०१९ भित्र धावनमार्ग र टर्मिनल भवनको निर्माण सम्पन्न हुने र तोकिएको समयभित्रमै बाँकी काम सम्पन्न हुने विश्वास व्यक्त गरे। 

प्रधानमन्त्री ओलीले निर्माण सम्पन्न भएपछि पोखराको ट्राफिक व्यवस्थापनलगायतका विषयमा चासो व्यक्त गरेका थिए। 

यसबारे कास्की जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएका पर्यटनमन्त्री अधिकारीले धावनमार्गको उत्तर र दक्षिणतर्फ चार–चार लेनको सडक मार्ग विस्तार हुने जानकारी दिए। उनका अनुसार विजयपुर खोलामा अर्को पुल निर्माण गरिनुपर्छ।   (रासस)

 

प्रकाशित: ३ श्रावण २०७५ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App