१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं– गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले विहीबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो।

गृहमन्त्रीले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदुत पुरीमार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

उनले भारत सरकारको सहयोगमा काभ्रेमा बन्न लागेको नेपाल प्रहरीको तालिम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतीय राजदूतलाई आग्रह गरे।

यस्तै खुला सीमाको फाइदा उठाउँदै हुने मानवतस्करी, सुन तस्करी, लागुपदार्थको ओसार पसार लगायतका अपराध विरुद्ध भारत सरकारको सहयोगका लागि आग्रह गर्दै गृहमन्त्री थापाले यस्ता अपराध विरुद्ध दुई देशको संयुक्त सहकार्य आवश्यक रहेकोमा जोड दिए। जवाफमा राजदूत पुरीले यस्तो सहयोग गर्न भारत तयार रहेको बताए।

राजदूत पुरीले नेपाल प्रहरीको तालिम केन्द्र निर्माणकार्यको विषयलाई आफूले प्रमुख प्राथमिकतामा राखेको भन्दै यो सम्बन्धी कार्य अघि बढिसकेको जानकारी दिए।

भेटमा उनले गृहमन्त्री थापालाई भारत भ्रमणको लागि आग्रह समेत गरे।

प्रकाशित: २८ असार २०७५ १५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App