३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

महेश बस्नेतको प्रश्न– कांग्रेसले गोविन्द केसी उचाल्नु कमिसनको खेल हो की ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कमिसनको खेलमा डा. गोविन्द केसीको अनशनलाई उचालेको आरोप लगाएका छन्। कांग्रेसको पछिल्लो गतिविधि विदेशी विश्वविद्यालयलाई टेवा पुग्ने खालको भएको र त्यस क्षेत्रका केही व्यक्तिले दिएको कमिसनको खेल पनि महत्वपूर्ण भएको उनको दाबी छ।

प्रतिनिधिसभामा कांग्रेसले दर्ता गरेको सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता बस्नेतले डा. केसीको अनशनलाई संवेदनशील रुपमा लिएको कांग्रेस यूएस बंगला विमान दुर्घटनामा बंगलादेशबाट मेडिकल पढेर फर्केका नेपाली विद्यार्थीले ज्यान गुमाउँदा कुन दुलोमा लुकेर बसेको थियो भनी प्रश्न गरे।  

‘चिकित्सा शिक्षा विधेयक ल्याउँदा मार्सीको भात खाएर ल्याइयो भन्या छ। पूराना कलेज खोल्न १४ करोड लिएको कुरा पनि आयो’, उनले भने– ‘यहाँ मेडिकल पढ्न विदेश जाने विद्यार्थीको कुरा पनि गरौं। ४ सय भन्दा बढी मेडिकल पढ्न विदेशमा छन्। ३९७ जना बंगलादेश गएका रहेछन्। केही समयअघि यूएस बंगलाको विमान दुर्घटना भयो। २० जना विद्यार्थी भाइबहिनीहरुले ज्यान गुमाए। डा केसीको अनशनलाई सम्वेदनशील रुपमा लिएको कांग्रेस यूएस बंगला विमान दुर्घटनामा विद्यार्थी मर्दा कुल दुलोमा लुकेर बसेको थियो।’ 

डा. केसीले उपत्यकामा कलेज खोल्न नपाउने कुरा बहसको विषय भएको र त्यसमा छलफल गर्न आफूहरु तयार रहेको उनको भनाई छ। ‘तर चिकित्सक संघले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्छु भन्नु उचित होइन’, उनले भने। 

प्रकाशित: २५ असार २०७५ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App