१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको जरुरी प्रस्तावमाथिकाे छलफल अाज

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा माग गर्दै संसदमा दर्ता गराएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल हुने भएको छ।  संसद बैठक दिउँसो १ बजे बोलाइएको छ। बैठकमा कांग्रेसका दिलेन्द्रप्रसाद बडुले शुक्रबार दर्ता गराएको प्रस्ताव प्रस्ततु गर्ने सम्भावित कार्यसूची छ ।

चिकित्सा शिक्षा विधेयक संसोधन गरी डा. केसीको जीवन रक्षाको माग गर्दै बडुले उक्त प्रस्ताव दर्ता गरेका थिए। प्रस्तावमाथि सांसदहरु पार्वती डिसी चौधरी र अतहर कमाल मुसलमानले समर्थन जनाएका थिए।

आजको बैठकमा संसदीय समितिमा रहने सदस्यको नामावली घोषणा गर्ने सम्भावित कार्यसूची पनि रहेको छ। शुक्रबार सार्वजनिक गर्ने भनिएको नामावली कांग्रेसले गरेको संसद् अवरोधका कारण रोकिएको थियो।

प्रकाशित: २५ असार २०७५ ०४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App