४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं– प्रतिनिधिसभाको शुक्रबारकाे बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेकाे सो विधेयक बहुमतले पारित गरेको हो। 

बैठकले ‘आर्थिक विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सो विधेयकमाथि यही असार १८ गते सोमबार छलफल हुने कार्यसूची तय गरिएको सभामुख कृष्णबहादुर महराले सदनलाई जानकारी गराएका छन्।

यसैगरी ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ‘ऋण तथा जमानत ९बाइसौँ संशोधन० विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। त्यसअघि सांसदहरुले प्रस्तुत गरेका विभिन्न मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो। 

प्रकाशित: १५ असार २०७५ १०:३२ शुक्रबार

विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित