७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशमा जोशीको नाम सिफारिस

काठमाडौं-संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ। मंगलबार बसेको परिषदको बैठकले कामु प्रधानन्याधीश समेत रहेका जोशीको नाम सिफारिस गरेको हो। प्रधानन्यायाधीशका लागि जोशीका साथै ओमप्रकाश मिश्र र चोलेन्द्र शम्शेर राणाको नाम न्याय परिषद्ले पठाएको थियो। उनीहरु मध्ये वरिष्ठताका आधारमा जोशीलाई सिफारिस गरिएको हो। 

परिषदले गरेको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि  नियुक्तिको बाटो खुल्खे छ। सुनुवाई पछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि प्रधानन्यायाधीशको पद खाली थियो।  

 

प्रकाशित: २९ जेष्ठ २०७५ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App