१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद् विकास कोष नआएकामा असन्तुष्टि

बुटवल-  प्रदेश नं ५ का प्रदेशसभा सदस्यले चालु आर्थिक वर्षको नीति कार्यक्रमले समेटेका विषय कार्यान्वयनमा कठिनाइ हुने हो कि भनी आशंका व्यक्त गरेका छन्।

प्रदेशसभा बैठकमा आज नीति तथा कार्यक्रम प्रस्तुतिलगत्तै विपक्षी सदस्यले कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्र्रदेशसभा सदस्य रमा अर्यालले दुई महिना पहिले चालु आवका २०७४/०७५का लागि सरकारले ल्याएको नीति कार्यक्रम केही पनि कार्यान्वयन हुन नसकेझैं आगामी आवका लागि सार्वजनिक नीति कार्यक्रम पनि त्यस्तै हुने आशंका व्यक्त गरे।

कांग्रेसकै भुवनेश्वर चौधरीले नीति कार्यक्रममा संसद् विकास कोष र ज्येष्ठ नागरिकलाई ६५ वर्षमा सामाजिक सुरक्षा भत्ता दिने कार्यक्रम नआउनाले जनतालाई राहत नपुग्ने बताए। संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य सन्तोष पाण्डेले विकासका लागि प्रत्यक्ष निर्वाचित प्रदेश सदस्यलाई संसद् विकास कोषको व्यवस्था नीति कार्यक्रममा नआएकामा आपत्ति जनाए।

सत्तापक्ष नेकपाका दयाराम न्यौपानेले नीति कार्यक्रम जनता लक्षित भएको र यसको कार्यान्वयन गरेर समृद्ध प्रदेश खुशी जनताको अवधारणालाई मूर्त रुप दिनुपर्ने बताए। नेकपाकै भूमिश्वर ढकालले प्रदेशको महत्वलाई ध्यानमा राखेर नीति कार्यक्रम आएको उल्लेख गर्दै स्रोत र साधनको उचित प्रयोग गर्ने वातावरण तय भएको बताए। सोही दलका वसन्त घर्तीले नीति कार्यक्रम ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उठाउन प्रभावकारी रुपले आएको तर कार्यन्वयनमा चुनौती रहेको बताए। रासस

 

प्रकाशित: २५ जेष्ठ २०७५ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App