काठमाडौं – पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ।
मिर्गौला रोगबाट पीडित शाहीको उपचारका क्रममा आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ। उनी करिब २ महिनादेखि सोही अस्पतालमा उपचाररत थिए।
डोटीको केआई सिंह गाउँपालिका तिखार, डुम्राकोट स्थायी घर भएका शाहीले पूर्व प्रशासक, सचिवको समेत जिम्मेवारी पूरा गरेका थिए। उनका दुई श्रीमती, दुई छोरा र तीन छोरी छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उनलाई श्रद्धाञ्जलि दिनका लागि नयाँ बानेश्वरस्थित निवासमा गएको प्रवक्ता भुवन पाठकले जानकारी दिए। उनको आजै अन्त्येष्टि गरिने जनाइएको छ। (रासस)
प्रकाशित: २० जेष्ठ २०७५ ०७:३२ आइतबार