काठमाडौ – विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय व्यवस्थापन शाखामा कार्यरत उपसचिव विदुरराज गिरीमाथि भएको आक्रमणप्रति शिक्षक महासंघले निन्दा गरेको छ।
गिरीमाथि बिहीबार साँझ चितवनमा पुनरोत्थान पार्टीका अध्यक्ष भनिने गोबिन्दबहादुर पौडेलले आक्रमण गरेका थिए। पौडेलले गिरीमाथि खानेपानीको जगले टाउकोमा आक्रमण गरेको महासंघले जनाएको छ।
विद्यालय शिक्षा क्षेत्रमा कार्यरत पेसाकर्मीको हकहित र अधिकारका लागि गठित महासंघले कानुन हातमा लिई राष्ट्रसेवक कर्मचारीमाथि भएको आक्रमणको निन्दा गर्दै आक्रमणकारीलाई कारबाही माग गरेको छ।
प्रकाशित: ३० वैशाख २०७५ ०३:३९ आइतबार