१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

भिजिट भिसासँग माओवादीले अग्नि सापकोटा साट्यो: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले अग्नि सापकोटालाई साटेको आरोप लगाएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहीले गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेर अग्नि सापकोटालाई  पक्राउ गर्नबाट बचाएको बताएका छन्। 

उनले लेखेका छन्, 'ल बधाई छ कमरेड प्रचण्ड उर्फ माओवादी साथीहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री ज्युको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेबापत ज्यान मार्ने व्यक्ति हत्या गर्ने प्रकरणमा पूर्व सभामुख अग्नि सापकोटालाई  पक्राउ गर्न बचाएकोमा...... विडम्बनाका साथ भन्नुपर्छ  संसद जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भयो।'

प्रकाशित: ३० जेष्ठ २०८२ १६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App