काठमाडौं– नेपाली कांग्रेसले पदाधिकारी मनोनयनका लागि शुक्रवार छलफल गर्ने भएको छ। शुक्रवार दिउसो बस्ने निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकमा पदाधिकारी मनोनयनका विषयमा छलफल हुने नेका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
आजको बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि प्रस्ताव गर्ने कार्यक्रम छ। पदाधिकारी मनोनयनबारे पार्टीका विभिन्न गुटमा विरोध र विवाद जारी रहेकै बेला देउवाले पदाधिकारी मनोनयनका लागि प्रस्ताव गर्नेछन् । कांग्रेसमा उपसभापति, एक महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न बाँकी छ ।
प्रकाशित: २१ वैशाख २०७५ ०८:१५ शुक्रबार