राप्रपाका सांसद गोपालबहादुर विश्वकर्माले भान्सार काटेर भारतबाट किसानलाई मल ल्याउन दिन माग गरेका छन् ।
मंगलबारको प्रदेशसभा बैठकको शुन्य समयमा सांसद विश्वकर्माले धानको वीउ राख्ने सिजनमा किसानले मल नपाएर समस्या भएको बताए ।
उनले नेपालमा मल नपाईने, भारतबाट ल्याउँदा प्रहरीले खोसा खोस गरेर किसानलाई हैरान पार्ने गरेको बताए । ‘सरकारले नेपालमै मल उपलब्ध गराउनु पर्छ ’ उनले भने ‘नभए भारतबाट भन्सार काटेर भए पनि मल ल्याउन पाउने व्यवस्था गरियोस् ।’
विश्वकर्माले कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा मलको विषय कतै पनि उल्लेख नभएको गुनासो गरे ।
प्रकाशित: ६ जेष्ठ २०८२ १७:२० मंगलबार





