९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

रसुवागढी नाकालाई थप व्यवस्थित बनाइने

काठमाडौं– उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण गरेका छन्। 

जलविद्युत आयोजनाहरु निर्माणको चरणबारे बुझ्नका लागि मन्त्री पुन शुक्रबारदेखि नै रसुवामा छन्। मन्त्री पुनले शनिबार रसुवागढी जलविद्युत १११ मेघावाट परियोजनाको निरीक्षण गरेका हुन्। उनले साञ्जेन जलविद्युत आयोजनाको समेत निरीक्षण समेत गरेका छन्।

मन्त्री पुनले हिजो नै त्रिशुली ए, माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बी र माथिल्लो त्रिशुली–१ को निरीक्षण गरेका थिए।

आयोजनाको निरीक्षणको क्रममा मन्त्री पुनले निर्माण कार्य तिब्र गतिमा व्यवस्थित ढंगले अघि बढाउन निर्देशन समेत दिएका छन्। सरकारको तर्फबाट गर्नुपर्ने सहयोगबारे चिन्ता नगर्न भन्दै उनले परियोजना तोकेकै समयमा सक्न समेत निर्देशन दिए।

यसैबीच, शनिवार बिहान रसुवागढी नाकाको पनि उनले निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मन्त्री पुनले गढीलाई थप व्यवस्थित बनाउँदै संरक्षणको आवश्यकता रहेको औंल्याए।

प्रकाशित: १५ वैशाख २०७५ ११:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App