१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गगन भन्छन्- यो सरकार कांग्रेसले चाहेर बनेको होइन

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो सरकार आफूहरूले चाहेर बनेको नभएको बताएका छन्। बुधबार (आज) बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘कांग्रेस-एमाले मिलेर सरकार बनाउने परिस्थिति निर्माण भयो। हामीले गरेको होइन। त्यो आफैँ निर्माण भएको हो,' उनले भने।

उनले थपे, 'अब कांग्रेसले के गर्ने हो ? कांग्रेससँग एक्लै सरकार चलाउनका निम्ति बहुमत छैन। कुनै न कुनै पार्टीसँग मिलेर सरकार चलाउनुपर्ने स्थिति छ। हामीले अहिले एमालेसँग मिलेर सरकार बनाएका छौँ। यसको पनि विकल्प खोज्ने भनेर कसैले भन्यो भने विकल्प भनेको के हो ?,' उनले भने।

उनले यो सरकार परिस्थितिले बनाएको बताए।

प्रकाशित: ३० माघ २०८१ २०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App