काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो ।
यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन। श्रेष्ठले २९ हजार २ मत ल्याएर निर्वाचित भएकी हुन्। प्रतिद्वन्दी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत पाएका छन्।
२०७९ मा विजयी भएको नेपाली कांग्रेस भने तेस्रो भएको छ। कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत पाएर तेस्रो भए। यो वडाबाट कांग्रेसका पूर्वउपसभापति समेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि मतदात गरेका थिए।
यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७ हजार ७ सय ४२ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४सय ९८ र अर्का स्वतन्त्र सम शाक्यले ३ सय ३४ मत पाएका छन्। कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
प्रकाशित: १७ मंसिर २०८१ ०६:५६ सोमबार