१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

खबरदारी सभाको तयारी गर्दै जुम्ला माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र जुम्लाले कात्तिक २९ गते बिहीबार जुम्लामा हुने खबरदारी सभाको तयारी गरेको छ। कार्तिक २६ गते अर्थात सोमबार बसेको पदाधिकारी बैठकले सुशासन, सामाजिक न्याय, भ्रष्टाचार, कुशासन,कुरिती तथा सहकारी विषयमा आमसभामार्फत खबरदारी गर्न लागिएको छ।

जुम्लाका ६० वडामा खबरदारी सभा गरिने जिल्ला पार्टी इन्चार्ज नरेश भण्डारीले बताए। उनका अनुसार सिञ्जा सभ्यता विधेयकका विषयमा गरिएको झुटो प्रचारप्रसारका विरुद्ध  यथार्थ र अन्य जिल्लाका गौरवका आयोजनाबारे कार्यकर्ता तथा स्थानीय नागरिकहरूलाई सन्देश प्रवाहित गरिनेछ।

खबरदारी सभा सरकारले गरेका पक्षपात, भ्रष्टाचार र बेथितिविरुद्ध हुने भएकाले सम्पूर्ण पार्टीका कार्यकर्ता सहभागी हुने अपिल भनिएको छ। समसामयिक राष्ट्रिय राजनीति जनतामाझ सत्यतथ्य कुरा पुर्‍याउन  खबरदारी सभा आयोजना गर्न लागिएको जिल्ला पार्टीको संयोजक नवराज न्यौपानेले बताए।

प्रकाशित: २७ कार्तिक २०८१ ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App