७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कीर्तिपुरमा एमालेबाट सुरेन्द्र मानन्धर मेयरका उम्मेदवार

स्थानीय तह उपनिर्वाचनमा नेकपा (एमाले) ले कीर्तिपुर नगरपालिकाको मेयरमा डा।सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ।

महासचिव शंकर पोखरेलको उपस्थितमा बुधबार भएको काठमाडौं जिल्ला कमिटीको बैठकले केन्द्रीय सदस्य समेत रहेका डा.मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। मेयरमा उनको नाम एकल प्रस्ताव परेको थियो।

बैठकले कीर्तिपुर–१ को वडाध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रिजालले बताए।

देशका विभिन्न स्थानीय तहमा खाली भएका ४४ पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । यसका लागि २५ दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले मंसिर २ गते उम्मेदवार मनोनयनको समय तोकेको छ।

प्रकाशित: २१ कार्तिक २०८१ १६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App