७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपनिर्वाचनबारे निर्णय लिन एमालेले सचिवालय बैठक बोलायो

नेकपा (एमाले)को सचिवालय बैठक शनिबार बस्ने भएको छ। विभिन्न स्थानीय तहका ४४ पदमा लागि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको तयारी, उम्मेदवार छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

बैठकले उपनिर्वाचन तयारीको विश्लेषण पनि गर्नेछ।एमालेले यसअघि नै कात्तिक २२ गतेभित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस गरिसक्न जिल्ला कमिटीलाई निर्देशन दिइसकेको छ।

जिल्ला कमिटीले मेयररअध्यक्ष, उपमेयर उपाध्यक्ष तथा महानगर, नगरपालिका र गाउँपालिकाका वडाध्यक्षका उम्मेदवार छनोट गर्ने अख्तियारी जिल्ला कमिटीलाई दिएको छ।

निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।

प्रकाशित: २१ कार्तिक २०८१ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App