१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमा लेखेका छन्, “आज तिहारको लक्ष्मीपूजा!  सबैको घरआँगन उज्यालो होस्! सबैको परिवारमा सुखशान्ति छाओस्!!”

सन्देशमा उनले तिहारमा दीपको उज्यालो जग्मगाउने र फूलको सुगन्ध फैलने तथा पशुपन्छी र मानवबीचको सम्बन्ध अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउने उल्लेख गरेका छन्।

प्रकाशित: १५ कार्तिक २०८१ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App