४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई आग्रह : प्रकाशमान सिंह

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले इतिहासलाई भुलेर राम्रो भविष्य निर्माण हुन नसक्ने बताएका छन्।

मंगलबार बनेपा बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पसको छैटौँ क्याम्पस सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले इतिहासबाट पाठ सिकेर सुन्दर भविष्य निर्माणमा लाग्न युवाहरूलाई आग्रह गरे।

‘इतिहास बिर्सिएर के भविष्यमा केही गर्न सकिएला र ?’अहिलेको पुस्तामा इतिहासलाई बेवास्ता गर्ने र वर्तमानलाई मात्रै महत्व दिने परिपाटी बढेकोतर्फ संकेत गर्दै उपप्रधानमन्त्री सिंहले भने, ‘हामीले इतिहासको अध्ययन गरेर, त्यसको लेखाजोखा गरेर वर्तमान चुनौतीको सामना गर्दै सुन्दर भविष्य निर्माणमा अघि बढ्नुपर्छ।’ नेपाली कांग्रेसको नेतृत्वमा भएको २००७ सालको क्रान्तिपछि नेपालमा शिक्षाको विकास भएको पनि उपप्रधानमन्त्री सिंहले स्मरण गराए।

काभ्रेमा सामुदायिक स्तरबाट सस्तो र गुणस्तरीय शिक्षा प्रवाहमा काभ्रे बहुमुखी क्याम्पसले गरेको योगदानको उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै आगामी दिनमा अझ दक्ष शैक्षिक जनशक्ति उत्पादनमा योगदान पु¥याउने विश्वास व्यक्त गरे।

त्यस्तै, फरक सन्दर्भमा उनले असोज दोस्रो साता आएको बाढी पहिरोले काभ्रे जिल्लामा पुर्‍याएको क्षतिबारे सरकार गम्भीर रहेको भन्दै पुन निर्माणको काममा जोड दिइरहेको बताए।

कार्यक्रममा काभ्रे बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहेका बाग्मती प्रदेशका सांसद, पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले आफ्नो ध्यान शिक्षाको सुधारमा रहेको बताए। विगतमा जनप्रतिनिधि हुँदा भौतिक पूर्वाधार बन्नुलाई नै विकासका रुपमा आफूहरूले बुझ्ने गरे पनि अहिले सोचमा परिवर्तन आएको बताए।

‘भौतिक पूर्वाधारको विकास मात्र समग्र विकास होइन।जबसम्म  यहाँका नागरिकहरुलाई शिक्षित बनाउन सक्दैनौँ, मतदाताहरूलाई सक्षम बनाउन सक्दैनौँ तब सम्म यो भौतिक पूर्वाधारको पनि कुनै अर्थ राख्न सक्दैन भन्ने हाम्रो ठम्याई हो।’

प्रकाशित: १३ कार्तिक २०८१ १५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App