१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रस्तावित राजदूत र न्यायाधीशद्वयको संसदीय सुनुवाइ १४ गते हुने

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश द्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाइ हुने भएको छ।

सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश द्वय निरौला र पाण्डेको सुनुवाइ आगामी बुधवार एकै दिन गर्ने गरी सचिवालयले तयार पारेको प्रश्ताव पारित गरेको हो।

उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ गरी उनीहरूको सुनुवाइको काम पनि एकै दिन सम्पन्न गर्ने गरी सचिवालयबाट गरिएको प्रस्तावसहितको कार्य योजना समितिको बैठकले पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए।

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन। समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ।

प्रकाशित: १२ कार्तिक २०८१ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App