१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपाले आइतवारका लागि बोलायो केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वापले आइतबार पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजे बस्ने गरी बैठक बोलाएको हो।

आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् आइतबार नै २ः३० बजे हुने पार्टीका नेता मनिष झाले बताए।

बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन र महाधिवेशन केन्द्रित छलफल हुने पनि उनले बताए।

प्रकाशित: ११ आश्विन २०८१ ११:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App