१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संघीय राजधानी काठमाडौं कन्टेनरजस्तो भयो : नारायणमान बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको राजधानी काठमाडौं कन्टेनरजस्तो भएको टिप्पणी गरेका छन् । 

भक्तपुर नगरपालिकाको सहकार्य र भक्तपुर पर्यटन विकास समितिको आयोजनामा विश्व पर्यटन दिवसको अवसरमा ‘भक्तपुरको पर्यटन : विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रियामा उनले यसलाई पश्चिम नेपालमा सार्न सुझाव दिए ।  

देशभरिका सवै मानिस जम्मा हुने कन्टेनर जस्तो राजधानी काठमाडौं भएको बताउँदै अध्यक्ष बिजुक्छेँले चोर, डाँंकादेखि लिएर सवैको आकर्षण काठमाडौं बनेको र यसले काठमाडौं अस्तव्यस्त भएको बताए । राजधानीलाई अन्तै सारे यहाँंको जनसंख्या स्वभाविक हुने र यसले काठमाडौंलाई अस्तव्यस्त हुनबाट जोगाउन सहयोग गर्ने उनको धारणा थियो ।  

अर्को प्रसंगमा उनले आर्थिक दरिद्रता भन्दा वैचारिक दरिद्रता खतरनाक हुने उल्लेख गरे । जनताको चेतनास्तर र आर्थिक स्तर उकास्न सरकारले नै योजनाहरु अगाडि ल्याउनुपर्नेमा जोड दिँदै नेपालमा पर्यटनको सम्भावनालाई राम्रोसँग अध्ययन गरी त्यसको विकासतर्फ ध्यान दिनुपर्ने उनले आवश्यकता औंल्याए ।

प्रकाशित: १० आश्विन २०८१ १८:०५ बिहीबार

#Nepal Majdur Kisan Parti #Narayanman Bijukchhen