४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एक्शन प्लान बनाएर बजार अनुगमन गर्न प्रजिअहरुलाई मुख्यसचिव अर्यालको निर्देशन

सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक्शन प्लान बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।  

चाडपर्वको बेलामा खाद्यान्नमा मिसावट हुने, मूल्य वृद्धि गर्ने र कालोबजारी गर्ने क्रम बढ्ने भन्दै नागरिकलाई ठगिन नदिन एक्शन प्लान बनाएर बजार अनुगमन गर्न सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।  

शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले चाडपर्व सुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट सुरु हुने गरेको भन्दै आवश्यक निरीक्षण गर्न निर्देशन दिए । स्थानीय तहसँग समन्वय गरेर कुनैपनि हिसावमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिँदै मुख्यसचिव अर्यालले कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्याए आफूलाई भन्न पनि आग्रह गरे । 

उनले जनतालाई सुशासन दिनुपर्ने, अपराधको नियन्त्रण र चाडपर्व र नेपालीहरु निराश भएको अहिलेको अवस्थामा भाडा बढाउने, मिसावट गर्नेकुरा सरकारलाई सह्य नहुने बताए । 

प्रमुख जिल्ला अधिकारीहरुसँग चाडपर्वको बेलामा भएका अपराधिक गतिविधिहरुको रिपोर्ट प्रस्तुत गर्न आग्रह गर्दै उनले सडकलाई खाल्डाखुल्डीरहित बनाउन, पहिरोहरु पन्छाएर सडक व्यवस्थापन सहज बनाउन, सवारी साधनको उपलब्धता सहज गर्न र घटस्थापना भन्दा १५ दिन अघिदेखि नै गाडीको टिकट खुलाउन निर्देशन दिए ।  

 जागिर खानका लागि मात्रै कार्यालय आउने र झोला बोकेर नेताहरुकोमा धाउने कामको अन्त्य गर्न पनि सबैलाई उनको आग्रह थियो । 

प्रकाशित: २८ भाद्र २०८१ १७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App