५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हकअधिकारको वास्तविक कार्यान्वयन जरुरी छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताएका छन् ।  

प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् । महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदै गएको उनको भनाइ थियो । 

राष्ट्रपति पौडेलले भने, ‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ । महिलाहरूको अवस्थता अब यस्तो छैन् भन्ने मलाई लाग्दछ । नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ । महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि विस्तारै विकास हुँदैछ । तर संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेको हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ ।'

उनले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण सम्वद्र्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गरे ।  

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी, महिला मन्त्रीहरू, महिला सांसदहरु, महिला उद्यमी महासंध नेपालकी अध्यक्ष शोभा ज्ञवाली, विभिन्न ओहोदामा रहेका उच्च पदस्थ महिला अधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित: १८ भाद्र २०८१ १७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App