४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजदूतको सिफारिस समावेशी नभएको भन्दै परराष्ट्रमन्त्री देउवाले माफी मागिन्

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएकोमा माफी मागेकी छिन्।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा राजदूत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी मागेकी हुन्।

राजदूत नियुक्ति जति समावेशी हुनुपर्ने हो, त्यो नभएकोमा आफूले माफी माग्न चाहेको परराष्ट्रमन्त्री देउवाको भनाई थियो। उनले एउटा राजदूत पद खाली भएको र त्यसमा मधेसी समुदायलाई प्रतिनिधित्व गराउने विषयमा आफूले प्रयास गरिरहेको पनि बताइन्। 

सरकारले दलित र मुस्लिम समुदायलाई राजदूतमा सिफारिस गर्न चाहे पनि त्यसका लागि प्रस्तावित उम्मेदवारको रुपमा कोहीले पनि दाबी नगरेको पनि परराष्ट्रमन्त्री देउवाले संसदीय समितिलाई जानकारी दिए। उनले सरकारले प्रस्ताव गरेका १७ देशका राजदूत राम्रो रहेको र उनीहरुले देशको प्रतिनिधित्व राम्रोसँग गर्ने विश्वास समेत व्यक्त गरे।

परराष्ट्रमन्त्री राणाले भने,‘राजदूत सिफारिसको बारेमा म पनि यो एकनलेज गर्छु कि जति हुनुपर्ने समावेशी, त्यो भएको छैन। र हामी यसलाई कसरी गर्ने भनेर मधेसको नै कोही अझ एउटा ठाउँ खोली छ। त्यसमा हामी ल्याउन ट्राई गरिराखेका छौँ। र दलित समुदायको कोही क्यान्डिडेटको कुरा पनि नआएको र नेक्स्ट नियुक्तिहरूमा दलित प्लस मुस्लिम यो दुई वटा क्याटोगरीबाट कोही पनि अहिलेसम्म नआएकोमा पनि सरी। तर जति जनाको पनि सिफारिस भएको छ। यो राम्रैसँग हेरेर नै सिफारिस भएको जस्तो मलाई लागेको छ। 

प्रकाशित: १८ भाद्र २०८१ १३:५३ मंगलबार

#Arju Rana (Deuba)