२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

रुस जाँदै माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आइतबार राति रुस जाँदैछन् ।  

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी आइतबार राति ११ बजे रुसको भ्लादिभोस्तक उड्न लागेका हुन् । सेप्टेम्बर ३ देखि ६ सम्म आयोजना हुने उक्त कार्यक्रममा अध्यक्ष नेपालले मल्टि पोलारिटी फोरम विषयमा विशेष सम्बोधन गर्ने एकीकृत समाजवादीले जनाएको छ । 

साथै नेपाल साउथ एसिय इकोनोमिक फोरमको प्यानल डिस्कसनमा पनि सहभागी हुनेछन्।  

अध्यक्ष नेपाल रुस जाने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिइएको छ । 

सचिवालयका केही सदस्यलाई मात्रै लिएर रुस जान लागेका अध्यक्ष नेपाल कार्यक्रम सकिएलगत्तै स्वदेश फर्कनेछन् ।  

प्रकाशित: १६ भाद्र २०८१ १७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App