४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

पारालिम्पिक पदक विजेता पलेशालाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक हात पारेकामा बधाई ज्ञापन गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पारालिम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि बधाई दिएका हुन्।

पेरिसको ग्रान्ड प्यालेसमा शुक्रबार राती भएको पारा तेक्वान्दोको के–४४ क्याटागोरीअन्तर्गत महिला ५७ केजी तौलसमूहमा पलेशाले कांस्य पदक दिलाइन्।

रिपाचेजमार्फत कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा पलेशाले सर्बियाकी मारिजा मिसेभमाथि १५–८ स्कोरको सनसनीपूर्ण जित निकाल्दै देशलाई ऐतिहासिक सफलता दिलाएकी हुन्। यो पदक नेपालको खेलकुद इतिहासमा नै सबैभन्दा ठूलो हो। नेपालले अहिलेसम्म ओलम्पिक र पारालिम्पिकमा पदक जित्न सकेको थिएन।

प्रकाशित: १५ भाद्र २०८१ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App