२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

कोशीमा मन्त्रालय बढ्दैन: मुख्यमन्त्री कार्की

फाइल तस्बिर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका छन्।

कोशीमा मन्त्रालय फुटाएर सरकार विस्तार गर्ने तयारी भइरहेको चर्चा चुलिएको वेला मुख्यमन्त्री कार्कीले मन्त्रालय नबढाउने विषयमा प्रधानमन्त्री केपी ओली  र कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरिसकेको दाबीसमेत गरेका छन्। 

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने विषयमा कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरिसकेको बताए।

प्रदेश स्तरमा कांग्रेसका नेताहरूसँग पनि मन्त्रालय नफुटाउने  विषयमा कुराकानी भएको कार्कीले बताए। ‘सरकार बिस्तार हुँदा मन्त्रालय बढ्दैन’ कार्कीले भने,‘अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र काँग्रेसले ४ मन्त्रालय लिन्छ।’ मुख्यमन्त्री कार्कीले काँग्रेसले नाम दिने बित्तिकै एक दुई दिनभित्रै  मन्त्रिपरिषद् बिस्तार हुने जानकारी दिए।

यसअघि संसदीय पत्रकारहरूसँगको भेटघाटका क्रममा मुख्यमन्त्री कार्कीले मन्त्रालय फुटाएर ११ वटा बनाउने सङ्केत गरेका थिए। कार्कीले जिम्मेवारी थप भएको अवस्थामा र नमिलेका मन्त्रालय मिलाउने विषयका आधारमा कोशी प्रदेशमा अधिकतम ११ वटा मन्त्रालय बनाउन सकिने धारणा राखेका थिए। 

प्रकाशित: ९ भाद्र २०८१ १७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App