गृहमन्त्री रमेश लेखकले प्रदीप गिरी अद्भुत व्यक्तित्व भएको बताएका छन् । गिरीको दोश्रो स्मृति दिवसका अवसरमा बिहीबार लहान स्थित गिरी आश्रममा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
गिरीको ज्ञानले जो कोहीलाई आश्चर्यचकित तुल्याएको उल्लेख गर्दै मन्त्री लेखकले भने, उनी नेपाली कांग्रेसको नेता भए पनि उनको अथाह ज्ञानकै कारण सबै पार्टीका नेता कार्यकर्ता, सिङ्गो देश र अन्य मुलुकले पनि उत्तिकै सम्मान दिए ।‘उहाँको ज्ञानको अगाडी हामी त कुवाँ हौं कुवाँ मन्त्री लेखकले भने,प्रदीप गिरी ज्ञानको समुद्र हुनुहुन्थ्यो । उनले थपे,‘उहाँ ज्ञान, सूचना र जानकारीको समुद्र हुनुहुन्थ्यो । हामीबाट समुद्रको गहिराइको बखान गर्न सम्भव हुँदैन ।’
गिरीको बारेमा कम्युनिस्ट नेताहरूको बुझाइ सम्झिँदै उनले भने, ‘उहाँको ज्ञानको स्तर यस्तो थियो कि कम्युनिस्ट पार्टीकै ठूल्ठूला नेताहरू भन्नुहुन्थ्यो यदि नेपालमा कम्युनिस्टकै विषयमा कोही स्पष्ट जानकार छन् भने उहाँ भनेको प्रदीप गिरी हो ।’गिरीको अभाव मुलुकलाई जहिल्यै खड्की रहने भन्दै उनले उनको आदर्श व्यक्तित्वबाट सबैले प्रेरणा लिनुपर्ने बताए । ‘उहाँको जस्तो अलौकिक व्यक्ति गुमाउनु यो मुलुकका लागि अत्यन्त दुःखको विषय हो, उहाँको अभाव खर्किरहन्छ,’ मन्त्री लेखकले भने,
प्रकाशित: ६ भाद्र २०८१ १६:२३ बिहीबार