४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भदौ १४ गते मन्त्रीसहित प्रदेश सभामा उपस्थित हुन्छौं : नेता थापा

फाइल तस्बिर

नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले भदौ १४ गतेको प्रदेशसभा बैठक अगाडि नै कांग्रेस कोसी सरकारमा सहभागी भइसक्ने बताएका छन्। नागरिकसँग कुरा गर्दै नेता थापाले भदौ १४ गतेको प्रदेशसभा बैठक अगाडि नै कांग्रेस कोसी सरकारमा सहभागी भइसक्ने बताए ।

प्रदेशसभा सचिवालयले कोशी प्रदेशसभाको बैठक भदौ १४ गते दिउँसो १ बजेलाई बोलाएको छ । नेता थापाले भने ‘भदौ १४ गतेको प्रदेशसभा बैठकमा मन्त्रीसहित कांग्रेस सहभागी हुन्छ ।’ थापाले सरकारमा जान कांग्रेसले ढिलाइ गर्नुपर्ने कुनै कारण नभए पनि केन्द्रबाट निर्देशन आउन ढिलाइ हुँदा सरकारमा सहभागी हुन समय लागेको स्पष्ट पारे ।

थापाले  अन्य प्रदेशको विषय टुंगो लागिसकेका कारण अब, कोसी सरकारका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबिच छलफल भइरहेको जानकारी दिए । थापाले भने‘दुई दलका शीर्ष नेताहरूबिच कोसी सरकारका विषयमा छलफल भइरहेको छ । एक दुई दिनमै छलफल टुंगोमा पुग्छ ।’ प्रधानमन्त्री र सभापति देउवाबिचमा कोसी प्रदेशको मन्त्रालय भाग बन्डा लगायतका विषयमा छलफल भइरहेको थापाले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशमा मन्त्रालय फुटाउने विषयमा छलफल भइरहेको  ।

भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय फुटाएर ११ वटा मन्त्रालय बनाउने भन्ने पहिलो विषय रहेको थापाले जानकारी दिए । यस्तै मन्त्रालय नफुटाई कार्यवोझ रहेका मन्त्रालयहरूमा राज्य मन्त्री राख्ने भन्ने विकल्पमा पनि छलफल भइरहेको थापाले बताए । यस्तै अहिलेकै ९ वटा मन्त्रालयलाई नै भागबन्डा गर्ने मन्त्रालय पनि नफुटाउने, राज्य मन्त्री पनि नथप्ने विषयमा पनि दुई नेताबिच छलफल भइरहेको थापाले बताए । 

दुई दलका शीर्ष नेताहरूले निर्णय गरेपछि सोही निर्णय अनुसार कांग्रेस सरकारमा सहभागी हुने थापाले स्पष्ट पारे । उनले भने‘शीर्ष नेताहरू छलफलमा हुनुहुन्छ उहाँहरूले ९ वटा मन्त्रालय नै कायम गर्नै सहमति गरे कांग्रेस ४ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छ । यसअघि  एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति भएको थियो । 

प्रकाशित: ६ भाद्र २०८१ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App